LISTEN LIVE RADIO

नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका वडा नम्बर ३ काे इन्चार्जमा गिरी र अध्यक्षमा चाैधरी चयन



नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका वडा नम्बर ३ काे इन्चार्जमा गिरी र अध्यक्षमा चाैधरी चयन

देउखुरी २८ साउन । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ मा बिहिवार विभिन्न पार्टी परित्याग गरी ९ जना कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका ३ नम्बर वडा कमिटिले आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई पार्टी प्रवेश गराइएको हो ।नव प्रवेशी मध्ये नेपाली कांग्रेस पार्टी परित्याग गरी वीरबल चौधरीको नेतृत्वमा लालप्रसाद चौधरी, राम चौधरी र अनिल चौधरी गरी ४ जना त्यसै गरी राष्ट्रिय जनमोर्चा पार्टी परित्याग गरी नेपाली चौधरी, एमाले पार्टी परित्याग गरी हुमबहादुर सोमइ मगर र धनकुमार रेश्मी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । त्यस्तै जनता समाजवादी पार्टी परित्याग गरी मञ्जु चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

वडा कमिटि अध्यक्ष शान्तप्रसाद चौधरीको अध्यक्षता एवम् पार्टीका प्रतिनीधि सभा निर्वाचन समन्वय समितिका सदस्य नारायण शर्माको प्रमुख आतिथ्यतामा भएको भेलामा प्रमुख अतिथि शर्माले नव प्रवेशीहरुलाई टिका लगाई पार्टीमा प्रवेश गराउनु भएको थियो । भेलालाई सम्बोधन गर्दै शर्माले भूमिहिन, सुकुम्बासीहरुलाई लालपुर्जा दिने माओवादी पार्टी बाहेक अरुले दिन नसक्ने बताउनु भयो । एमाले सरकारले लालपुर्जा दिने भनेर बनाएको आयोग कार्यकर्ताको भर्ती केन्द्र भएको आरोप लगाउनु भयो ।त्यसै गरी भेलालाई पार्टीका राप्ती गाउँपालिका कमिटि अध्यक्ष धर्मराज अधिकारी, निर्वाचन क्षेत्रिय कमिटि सदस्य श्यामेश चौधरी, पार्टीका राप्ती गाउँपालिका २ नम्बर वडा अध्यक्ष बसन्त नेपाली, ३ नम्बर वडा अध्यक्ष चन्दर चौधरी, शिक्षक संगठनको जिल्ला कमिटि उपाध्यक्ष मुरारी कार्की, पार्टीका राप्ती गाउँपालिका सचिवालय सदस्य सरस्वता पोख्रेल, नव प्रवेशी बीरबल चौधरी लगायतले सम्बोधन गरेका थिए ।

पार्टीका निर्वाचन वडा सदस्य ईश्वरी परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पार्टीको राप्ती गाउँपालिका सञ्चार प्रवक्ता तुला गिरीले गर्नु भएको थियो । त्यसै गरी भेलाले राप्ती गाउँपालिका वडा नम्बर ३ मा वडा कमिटि समेत विस्तार गरेकोे छ । जस अनसार वडा इन्चार्जमा तुला गिरी, सहइन्चार्जमा चन्दर चौधरी, वडा अध्यक्षमा शान्तप्रसाद चौधरी र सचिवमा आनन्द परियारलाई चयन गरेको छ भने अन्य सदस्यमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे