LISTEN LIVE RADIO

पाँच बुँदे निष्कर्श सहित एमसीसी बारे संस्थागत विचार गोष्ठी सम्पन्न



पाँच बुँदे निष्कर्श सहित एमसीसी बारे संस्थागत विचार गोष्ठी सम्पन्न

लमही २८ साउन । नागरिक समाज देउखुरीको आयोजनामा एमसीसी बारे संस्थागत विचार गोष्ठी बुधवार लमहीमा सम्पन्न भएको छ । स्थानीय सरकार र राजनीतिक दलका प्रमुखहरुलाई लक्षित गरी आयोजित कार्यक्रममा सहभागि अधिकांशले एम सी सी सम्झौता नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता, असंलग्नता र जनभावना विपरित रहेकोले संशोधन होइन, खारेज हुनुपर्छ, यसको अगुवाई नागरिक समाजले गर्नुपर्छ भन्ने धारणा राखेका थिए ।

संयोजक दामोदर भण्डारीको अध्यक्षतामा जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु, संघ संस्थाका प्रतिनिधि र सामाजिक क्षेत्रका वौद्धिक व्यक्तिहरुको सहभागिता थियो । राष्ट्रिय गान गाएर शुरु भएको कार्यक्रममा समाजका सल्लाहकार जागेश्वर शर्मा घिमिरेले स्वागत तथा विषय प्रवेश गराए पछि “राष्ट्रि वीभूति” भक्ति थापा स्मृति प्रतिष्ठान दाङका अध्यक्ष नीमबहादुर थापाले कार्यपत्र प्रस्तुत गरेका थिए । चार पालिकाबाट प्रमुख, उप–प्रमुख र प्रवक्ता वा कार्यकारी अधिकृत मध्ये तीनजना र राजनीतिक दलका अध्यक्षसहित दुई जनालाई आमन्त्रण गरिएको थियो ।

स्थानीय सरकारको बैठकमा एम.सी.सीको बारेमा छलफल भएको छ कि छैन ? संघीय सरकारलाई कस्तो सुझाव पठाइयो ?, दलहरुका संगठनमा छलफल भएका छन कि छैनन् ? आफ्ना सभासद र संघीय संसदमा के कस्ता सुझाव पाइयो  । सो सम्बन्धमा संस्थागत धारणा मागिएको थियो । एमसीसी खारेज हुनुपर्छ भन्दै संस्थागत धारणा राख्नेहरुमा रोटरी क्लव लमहीका रबिलाल आचार्य, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल, नेपाल पत्रकार महासंघका छबिलाल कोपिला, नेकपा मालेका सुरेन्द्र धिताल, राप्रपाका गोरख के सी, राजमोका हरिबहादुर थापा, जसपाका भरतलाल चौधरी र नेकपा माओवादी केन्द्रका लेखराज रेग्मी थिए ।

त्यसैगरी राप्ती गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरीले पहिलो राष्ट्र हो, अहिले संकटमा छ, हाम्रो बोर्ड बैठकमा एम.सी.सी.बारे छलफल भएको छैन, भोलिको बैठकमा मैले राख्ने छु भनेर प्रतिबद्धता जनाउनु भयो । आयोजकले लक्षित गरेका ठूला दल र स्थनीय सरकार प्रमुखहरु अनुपस्थित रहनुको कारण खोजेका थिए । प्रस्तुत कार्यपत्रमा टिप्पणि गर्नेहरुमा इश्वरीलाल सुवेदी,विशवप्रकाश अधिकारी, तारा खनाल,पत्रकार दिवाकर पोख्रेल, जया रावल, श्रीधर पौडेल, खगेश्वर शर्मा, खुमानन्द पोख्रेल, बामदेव पौडेल, शेषमणि घिमिरे, शशिधर ज्ञवाली लगायतका रहेका थिए। समाजका देउखुरी प्रवक्ता मोहनकुमार पाण्डेय(शंकर)ले सहजीकरण गरेको कार्यक्रममा सदस्य दामोदर पाण्डेयले तपसिलका निष्कर्श सुनाएका थिए ।

निष्कर्शः

१) सहभागिहरु सबैबाट एम.सी.सी. राष्ट्रहित विपरित रहेको विचार आएकोले संशोधन होइन, खारेज हुनुपर्छ ।

२) राजनीतिक दलहरुले एम.सी.सी.बारे आप्mनो धारणा तल्लो तहसम्म लैजानु पर्छ ।

३) राजनीतिक दलहरुले एम.सी.सी.बारे जनतालाई प्रशिक्षित गर्नु पर्छ ।

४) कुटनितिक रुपमा क्याविनेटबाट खारेज गराउन एम.सी.सी. विरुद्ध आन्दोलन गर्नु पर्छ ।

५) नागरिक समाजले सचेत गराउने काम निरन्तर जारी राख्नु पर्छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे