LISTEN LIVE RADIO

राप्तीको दुई नम्बर वडामा विभिन्न पार्टी परित्याग गरी १ सय बढी कार्यकर्ता माओवादीमा प्रवेश



राप्तीको दुई नम्बर वडामा विभिन्न पार्टी परित्याग गरी १ सय बढी कार्यकर्ता माओवादीमा प्रवेश

भालुवाङ २६ साउन । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ मा विभिन्न पार्टी परित्याग गरी १ सय बढी कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका २ नम्बर वडा कमिटिले आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई पार्टी प्रवेश गराइएको हो ।

वडा कमिटि अध्यक्ष बसन्त नेपालीको अध्यक्षता एवम् पार्टीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला सहइन्चार्ज नारायणी शर्माको प्रमुख आतिथ्यतामा भएको भेलामा प्रमुख अतिथि शर्माले नव प्रवेशीहरुलाई टिका लगाई पार्टीमा प्रवेश गराएकी थिइन् । भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य शर्माले माओवादीको हातमा सत्ता नआउँदा सम्म जनताले सोचे अनुसारको अधिकार पाउन नसक्ने बताइन् ।

त्यसै गरी भेलालाई पार्टीका लुम्बिनी प्रदेश कमिटि सदस्य लुमबहादुर कार्की, जिल्ला सल्लाहकार कृष्णबहादुर गिरी, निर्वाचन क्षेत्रिय कमिटि सदस्य श्यामेश चौधरी, राप्ती गाउँपालिका कमिटि अध्यक्ष धर्मराज अधिकारी, राप्ती गाउँपालिका सचिवालय सदस्य जगतबहादुर थापा, भूमिहिन सुकुम्बासी गाउँ पार्टी इन्चार्ज टेकबहादुर रावत लगायतले सम्बोधन गरेका थिए।

पुर्व जनमुक्ति सेना राजकुमार तमाङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन राप्ती गाउँ कमिटि पार्टी सचिवालय सदस्य अनुप चौधरीले गरेका थिए । त्यसै गरी भेलाले राप्ती गाउँपालिका वडा नम्बर २ मा वडा कमिटि समेत विस्तार गरेकोे छ । जस अनसार वडा इन्चार्जमा जगतबहादुर थापा, सहइन्चार्जमा पहलमान चौधरी, वडा अध्यक्षमा बसन्त नेपाली र सचिवमा तिलक अधिकारीलाई चयन गरेको छ भने अन्य सदस्यमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे