LISTEN LIVE RADIO

दाङमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, १३ जना निको



दाङमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, १३ जना निको

दाङ २६ साउन । दाङमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ६२ जनामा गरिएको पिसिआर परिक्षणमा ९ जना पुरुष र ८ जना महिलामा गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज संक्रमण पुष्टि हुनेमा घोराहीका १० जना, तुलसीपुरका ४ जना र लमहीका ३ जना रहेका छन् । त्यस्तै आज थपिएकासँगै जिल्लामा कोरोनाका संक्रिय संम्रमितको संख्या १ सय ४७ जना पुगेको छ । जसमध्यबाट १ सय २२ जना होमआइसोलसनमा, अक्सिजन सहितको उपचारमा १९ जना र ३ जना आसियूमा उपचाररत छन् ।

त्यस्तै आज १३ जना कोरोना संक्रमण मुक्त भएका छन् । जसमध्य संक्रमण मुक्त हुनेहरुमा ८ जना घोराहीका र ५ जना तुलसीपुरका छन् । त्यस्तै आज थपिएका १७ जना सहित बैशाख यता जिल्लामा कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ९८ जना पुगेको छ । ति मध्य ८ हजार २ सय ४२ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे