दाङमा कृतिम जलाशयमा डुबेर बेपत्ता युवकको शव निकालियाे



दाङमा कृतिम जलाशयमा डुबेर बेपत्ता युवकको शव निकालियाे

दाङ ७ साउन । दाङमा बुधबार बिहान सिँचाइको लागि बनाइएको कृतिम जलाशय (ड्याम) मा डुबेर बेपत्ता भएका युवकको शव निकालिएको छ ।

घोराही उपमहानगरपालिका वडा न १ सिमलताराको गयरसोता रहेको ड्याममा पौडी खेल्ने क्रममा बुधबार बिहान देखि बेपत्ता भएका सोही ठाउँका ३१ बर्षीय लाल बहादुर बिष्टको शव बिहीबार दिउँसो साढे १ बजे तिर सशस्त्र प्रहरी बलको गोताखोर टोलीले निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे