पाैडी खेल्ने क्रममा वेपत्ता भएकी थापाकाे शव राप्ती नदी किनारमा फेला



पाैडी खेल्ने क्रममा वेपत्ता भएकी थापाकाे शव राप्ती नदी किनारमा फेला
भालुवाङ ७ साउन। दाङकाे राप्ती नदी किनारमा एक बालिकाको शव  फेला परेको छ । गढवा गाउँपालिका १ रनसिह स्थित राप्ती नदिको किनारमा प्यूठान सरुमारानी गाउँपालिका ४ बैके निवासी बोमबहादुर थापामगरकी छोरी ८ वर्षिय बिपना थापामगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
उनको शव बुधबार बेलुका साढे ५ बजेतिर फेला पारेको प्रहरीले बताएको छ ।  साथै उनी सरुमारानी गाउँपालिका ४ माडीखोलामा पौडिखेल्ने क्रममा साउन ४ गते दिउँसो ४ बजेतिर डुबेर बेपत्ता भएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे