दाङमा नेपालगञ्जबाट तुलसीपुर ल्याउदै गरेको ९ ग्राम ब्राउनसुगर सहित ३ जना पक्राउ



दाङमा नेपालगञ्जबाट तुलसीपुर ल्याउदै गरेको ९ ग्राम ब्राउनसुगर सहित ३ जना पक्राउ

दाङ ७ साउन । दाङमा नेपालगञ्जबाट तुलसीपुर ल्याउदै गरेको ९ ग्राम ब्राउनसुगर बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार १/१ घण्टाको फरकमा उक्त ब्राउनसुगर बरामद गरिएको हो ।

राप्ती लोकमार्ग अन्तरगत तुलसीपुर १३ दमारगाउँ प्रहरी चौकीमा जाँचका क्रममा एक महिला र दुई जना किशोर पक्राउ परेका हुन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ भिईपी टोल निवासी ४५ बर्षीया चामुकुमारी विश्वकर्मालाई ७ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो ।

उनले आफुले बोकेको झोलामा राखेर ब्राउनसुगर ओसारपसार गरिरहेको अबस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रिजालले बताए । नेपालगञ्जबाट तुलसीपुर आउँदै गरेको ना ४ ख ७२९४ नम्बरको यात्रुबहाक बसमा सवार रहि ब्राउनसुगर ओसारपसार गरिरहेको अबस्थामा बुधबार साँझ साढे ७ बजेतिर पक्राउ गरिएको हो ।

त्यसको एक घण्टा अघि साढे ६ बजेतिर मोटरसाईकलमा सवार दुई किशोरलाई २ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको थियो । तुलसीपुर उपमहानगरपालिका वडा नं. १ पैयाखोरे निवासी १८ बर्षीय प्रेमप्रकाश विकले चलाएको रा ५ प ८५१५ नम्बरको मोटरसाईकलको पछाडी सवार तुलसीपुर ४ निवासी १४ बर्षीय किरण विकले मास्क भित्र ब्राउनसुगर लुकाएको अबस्थामा दुबैजनालाई पक्राउ गरिएको हो । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

केही दिन अघि मात्रै दाङ प्रहरीले एकसय १० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको थियो । बाँके डुडुवा गाउँपालिका वडा नं. १ निवासी ३० बर्षीय राजु भनिने नोर महमद दर्जी र जानकी गाउँपालिका वडा नं. ३ मुक्तीनगर निवासी ३६ बर्षीय राजा योगीले ब्राउनसुगर दाङ ल्याउँदै गरेको अबस्थामा अमिलियामा पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे