राप्ती गाउँपालिकाकाे बराखुट्टीमा ६ लाख बढी नगद सहित ३ थान मोबाइल चाेरी



राप्ती गाउँपालिकाकाे बराखुट्टीमा ६ लाख बढी नगद सहित ३ थान मोबाइल चाेरी

भालुवाङ ६ साउन । दाङ देउखुरीकाे राप्ती गाउँपालिका २ बराखुट्टी बस्ने २९ वर्षीय अंकु बुढामगरको घरबाट नगद ६ लाख २४ हजार रुपैयाँ र ३ थान मोबाइल मंगलबार राति लुटपाट भएको छ ।

अन्दाजी ९/१० जना अपरिचित व्यक्तिले उक्त धनमाल लुटी फरार भएको बताइएको छ । लुटपाटमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे