दाङमा बाँधमा डुबेका व्यक्तिकाे पहिचान खुल्यो, खोजीका लागि बाँकेबाट थप प्रहरी टोली आउँदै



दाङमा बाँधमा डुबेका व्यक्तिकाे पहिचान खुल्यो, खोजीका लागि बाँकेबाट थप प्रहरी टोली आउँदै

दाङ ६ साउन । दाङको घोराही सिमलतारामा सिँचाइका लागि बनाइएको कृत्रिम बाँधमा डुबेर बेपत्ता भएका एक जनाकाे पहिचान खुलेको छ ।

घोराही उपमहानगरपालिका १ सिमलताराको गयरसोता बाँधमा पौडी खेल्ने क्रममा त्यही ठाउँका ३१ वर्षीय लालबहादुर विष्ट डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

स्थानीयवासी र प्रहरीले विष्टकाे खोजी गरिरहेका छन् । गएको वर्ष खनिएको बाँध धेरै गहिरो भएको र दलदले माटो भएकोले विष्ट त्यसैमा फसेकाे हुन सक्ने प्रहरीले अनुमान गरेको छ । अहिलेसम्म पनि विष्टकाे अवस्था थाहा नभएपछि खोजीका लागि बाँकेको नेपालगञ्जबाट तालिम प्राप्त प्रहरी टोली र अन्य जनशक्ति आउँदै गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे