दाङमा बाघको छालासहित दुई जना पक्राउ 



दाङमा बाघको छालासहित दुई जना पक्राउ 

दाङ ६ साउन । दाङमा बाघको छालासहित दुई जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ३ गोग्लीबाट दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ९ का ३२ बर्षिय रामबहादुर दमाई र रुकुमपश्चिम मुसिकोट नगरपालिका वडा नम्बर १० चौखाबाङका ५४ बर्षिय पुणर्सिंह सुनार रहेका छन् ।

प्रहरीले उनिहरुलाई आज बिहान ३ः३० बजे घोराही उपमहानगरपालिका वडा नम्बर ३ गोग्लीमा सिमेन्टको बोरा बोकी शंकास्पद अवस्थामा हिडिरहेको समयमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलिले पक्राउ गरेको हो ।

उनिहरुहरुको साथबाट पुच्छरदेखि टाउँकोसम्म ५ फिट २ ईन्च लम्बाई र छातीको चौडाई  भाग १ फिट ४ ईन्च भएको नङग्रा र जुँगासहित बाघको सुकेको छाला एक थान र मोबाईल दुई थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिनुभयो । पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे