दाङमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि, २६ जना कोरोना मुक्त १ जनाको मृत्यु



दाङमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि, २६ जना कोरोना मुक्त १ जनाको मृत्यु

दाङ ६ साउन । दाङमा आज थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १ सय जनाको पिसिआर परिक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरु घोराहीका २० जना, तुलसीपुरका ३, लमही ४, बबईका र राजपुरका १÷१ जना र राप्ती र शान्तीनगरका २÷२ जना रहेका छन् ।

यो सँगै दाङमा अहिले सकृय बिरामीको संख्या १०२ जना रहेको छ । ति मध्य ८३ जना घरमै, ११ जना सामान्यमा र आईसियूमा ८ जना बिरामी रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा २६ जना कोरोना मुक्त भएका छन् । जसमा तुलसीपुरका २, घोराहीका १७, लमहीका ३, गढवाका २, राजपुर र राप्तीका १÷१ जना संक्रमित कोरोना मुक्त भएका हुन् ।

यो सँगै बैशाख यता कोरोना मुक्त हुनेको संख्या ८ हजार ४ जना रहेका छन् भने संक्रमितको कुल संख्या ८ हजार ३ सय १२ पुगेको केन्द्रले जनाएको छ ।

दाङमा बितेको २४ घण्टामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही १४ का ४२ वर्षिय पुरुष रहेका छन् । यो संगै कोरोनाबाट जिल्लामा हालसम्म २ सय ७ जनाको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे