LISTEN LIVE RADIO

सोमबार देखि बाँके जिल्लाभर लकडाउनको घोषणा



सोमबार देखि बाँके जिल्लाभर लकडाउनको घोषणा

दाङ १२ बैशाख । सोमबारदेखि बाँके जिल्लाभर लकडाउनको घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबारदेखि बैशाख २० गते राति १२ बजेसम्मका लागि लकडाउनको आदेश जारी गरेको हो ।

जिल्लाभर लकडाउन जारी गरिुएसँगै बाँकेका ८ वटै पालिकामा हिडडुल, सभा, जुलुश लगाएतका गतिविधि गर्न पाइने छैन । लकडाउनको उलंघन गर्नेलाई संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही हुने बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । यसअघि बाँके प्रशासनले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभर मात्रै लकडाउन घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे