LISTEN LIVE RADIO

बाँके र गुल्मीमा २ जना कोरोना संक्रमितको मृत्यु



बाँके र गुल्मीमा २ जना कोरोना संक्रमितको मृत्यु

दाङ १२ बैशाख। बाँके र गुल्मीमा कोरोना एक एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। आज बिहान बाँकेको कोहलपुर नगरपालिका–१० निवासी ३६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । उनेको बिहान २ः३० बजे मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार बितेको २४ घण्टामा बाँकेका अस्पतालमा उपचाररत पाँच महिला र तीन पुरुष गरी आठ जनाको मृत्यु भएको छ । बाँकेमा आजसम्म कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेका ८० को मृत्यु भइसकेको छ । बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि अस्पतालमा गएका जनाको मृत्यु भएको पनि वलीले बताए ।

यस्तै कोरोना गुल्मीमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । गुल्मी छत्रकोटा गाउँपालिका–३ हर्दिनेटाका ४५ वर्षीय पुरुषको गए राति घरमै मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा भवानीप्रसाद शर्माले जानकारी दिए ।

गत बिहीबार भारतबाट घर आएका उनलाई शुक्रबार सामान्य ज्वरो आएपछि परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । शनिबार राति ९ बजेसम्म घरमा खाना खाएर बस्दासम्म सामान्य अवस्थामा रहेका उनलाई राति साढे १० बजे श्वास फेर्न गाह्रो भएको थियो । राति नै उपचारका लागि पाल्पा लैजाने तयारी गर्दागर्दै उनको अचानक घरमै मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे