LISTEN LIVE RADIO

देउखुरीकाे लमहीमा बन्ने ट्रमा सेन्टरकाे शिलान्यास गर्न मुख्यमन्त्री शंकर पोख्रेल आउने



देउखुरीकाे लमहीमा बन्ने ट्रमा सेन्टरकाे शिलान्यास गर्न मुख्यमन्त्री शंकर पोख्रेल आउने

लमही ८ वैशाख । देउखुरीकाे लमही कृषि उपज केन्द्रमा  ट्रमा सेन्टर बन्ने निश्चित भएको छ । लुम्बिनी प्रदेशकाे ४० कराेडकाे लगानीमा उक्त सेन्टर बन्ने भएको हाे ।ट्रमा सेन्टर बन्ने भएपछि उक्त ठाउँमा रहेका सबै भाैतिक सामग्री हटाउन गत १ साता देखि सुरु भइसकेकाे लमही नगरपालिकाले जनाएको छ ।

उक्त ठाउँमा रहेकाे सबै संरचना हटाएर मात्रै काम सुरु हुने भएकाले थप १ वटा स्काभेटर प्रयाेग गरेर संरचना हटाउने कार्य सुरु भएको लमही नगरपालिकाका मेयर कुलबहादुर केसीले जानकारी दिएका छन् । साथै उनले उक्त सेन्टरकाे यही बैशाख ११ गते मुख्यमन्त्री शंकर पोख्रेलबाट शिलान्यास हुने तय भएकाे बताएका छन् ।

बहुबर्षिय याेजना अर्न्तगत साे आयाेजना परेकाे हाे । ट्रमा सेन्टरमा चार तल्लाको मुख्य भवन हुने छ । जसमा इमर्जेन्सी वार्डदेखि सल्यक्रिया कक्ष, बिरामी भर्ना गर्ने वार्डहरु हुने छन् । यसैगरी कर्मचारी क्वाटर, चिकित्सक क्वाटर, क्यान्टिन भवन समेत बन्ने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे