LISTEN LIVE RADIO

मलेसियामाथि नेपालकाे सानदार जित, कुशल र आसिफ बने ‘हिराे’



मलेसियामाथि नेपालकाे सानदार जित, कुशल र आसिफ बने ‘हिराे’

काठमाण्डाै ६ बैशाख । त्रिदेशीय टी–२० क्रिकेट प्रतियाेगिता अन्तर्गत साेमवार भएकाे खेलमा नेपालले मलेसियामाथि सानदार जित हासिल गरेकाे छ । मलेसियाले दिएकाे एक सय १० रनकाे लक्ष्य पछ्याएकाे नेपालले एक विकेटकाे क्षतिमा १२ ओभर १ बलमा एक सय १३ रन बनायाे ।

नेपालका लागि कुशल भुर्तेलले ४१ बलमा ६१ रनकाे अविजित पारी खेले । त्यस्तै आसिफ शेख २९ बलमा ४२ रन बनाएर आउट भए । कुशल र आसिफले ६७ बलमा एक सय दुई रनकाे साझेदारी गरे । आशिफ आउट भएपछि क्रिजमा आएका दीपेन्द्र सिंहले ३ बलमा ६ रन जाेडे ।

यसअघि टस हारेर ब्याटिङ गरेकाे मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै एक सय नाै रन बनाएकाे थियाे ।  मलेसियालाई थोरै रनमा समेट्न नेपालका करण केसीले तीन, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, शाहब आलम र कुशल मल्लले एक/एक विकेट लिए ।

नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियाे भने मलेसिया आइतवार (हिजो)नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको छ । नेपालले मङ्गलवार (भोलि) नेदरल्याण्ड्सँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे