LISTEN LIVE RADIO

परीक्षण गरिएकामध्ये १७ प्रतिशतमा कोरोना पुष्टि, एकैदिन १२ सय ८१ जना थपिए



परीक्षण गरिएकामध्ये १७ प्रतिशतमा कोरोना पुष्टि, एकैदिन १२ सय ८१ जना थपिए

काठमाण्डाै ६ बैशाख । पछिल्लो २४ घण्टामा १२ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार एक जनाको पीसीआर परीक्षण गर्दा १२ सय २७ जनामा र पाँच सय ४७ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा कोरोना पुष्टि भएको हो । कुल ७५ सय ४८ परीक्षणको १६ दशमलव ९७ प्रतिशत अर्थात् १२ सय ८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले परीक्षण गरिएका नमुनामध्ये पाँच प्रतिशतभन्दा धेरैमा सङ्क्रमण देखिएमा खतरनाक अवस्था मान्दै आएको छ । नेपालमा पछिल्लो एक हप्तादेखि परीक्षण गरिएका नमुनाको १५ प्रतिशतभन्दा धेरैमा कोरोना सङ्क्रमण देखिएको छ । साेमवार थपिएकासँगै नेपालमा अहिलेसम्म दुई लाख ८५ हजार नौ सय जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक जनासहित आठ जना मृतकको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ९१ पुगेको छ । यस्तै थप दुई सय ५५  जना निको भएसँगै अहिलेसम्म दुई लाख ७५ हजार पाँच सय ५५ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या पनि सात हजार नाघेको छ । अहिले सात हजार दुई सय ५४ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे