LISTEN LIVE RADIO

लुम्बिनीमा एमालेकाे सरकार जाेगियाे, अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने तीनसहित चार जनाले लिए मन्त्रीकाे शपथ



लुम्बिनीमा एमालेकाे सरकार जाेगियाे, अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने तीनसहित चार जनाले लिए मन्त्रीकाे शपथ

बुटवल ६ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आफैँविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टी (जसपा) का तीन सांसदसहित चार जनालाई मन्त्री बनाएका छन् । नयाँ मन्त्री बन्नेमा जसपाका सन्तोष पाण्डे, विजय यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे रहेका छन् । कल्पना पाण्डेबाहेक तीनैजनाले मुख्यमन्त्री पाेखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

अविश्वासको प्रस्ताव दर्ताभएलगत्तै माओवादीबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री सुदर्शन बराल र कानुनमन्त्री कुलप्रसाद केसीले पदबाट राजीनामा दिएका थिए । मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद् पुनर्गठन गरी सन्तोष पाण्डेलाई भौतिक पूर्वाधार, विजय यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी, कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालय र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार राज्य मन्त्रीको जिम्मेवारी दिएकाे छ ।

भूमि व्यवस्था मन्त्री आरती पौडेललाई उद्योग, वन तथा वातावरण र भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ । उद्योग पर्यटन तथा वातावरण मन्त्री लीला गिरीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

साेमवार (आज) बिहान मुख्यमन्त्री पोखरेलविरुद्ध नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको तर्फबाट प्रदेश सभा सदस्य इन्द्रजित थारुले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे