अशोक बेल्वासेले आफ्नो २८ औँ जन्म दिन निलसागरमा मनाए



अशोक बेल्वासेले आफ्नो २८ औँ जन्म दिन निलसागरमा मनाए

सिसहनियाँ ४ वैशाख । जन्म दिन मनाउने तरिका सवैको आ-आफ्नै हुन्छ । कसैले केक काटेर त कसैले भोजभतेर गरेर लाखाै रूपैयाँ खर्च गरिरहेका हुन् । तर दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ निवासी आशाका किरणहरू नामक संस्थाका उपाध्यक्ष तथा युवा अभियान्ता अशोक बेल्वासेले आफ्नो २८ औँ जन्म दिन फरक तरिकाले मनाएका छन् ।

उनले राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा अाश्रममा एक कार्यक्रमको आयोजना गरी आश्रमका असाहाय, अशक्त तथा सडकआश्रित आमाबुवाहरूलाई थोरै भए पनि राहत मिलोस भन्नका लागि उनले आश्रमलाई खाद्य सामाग्री दिएर आफ्नो जन्म दिन मनाएका छन् ।

उनले आश्रमलाई २५ केजी चामल, १ पोका नुन र १ पोका खाने तेल लगायतका खाद्य सामाग्री दिएर सहयोग गरेका छन् । बेल्वासेको अध्यक्षतामा भएको कार्यक्रममा आश्रमकी कर्मचारी तुल्सरा बुढाथोकीले जन्म दिन परेका बेल्वासेलाई टिका र खाँदा लगाई प्रमाणपत्र समेत प्रदान गरेकी थिइन् । कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे