LISTEN LIVE RADIO

मुलुक समृद्धिकाे यात्रामा अघि बढेकाे छ : सांसद शर्मा



मुलुक समृद्धिकाे यात्रामा अघि बढेकाे छ : सांसद शर्मा
गढवा ४ वैशाख । नेकपा एमालेका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य सांसद रेवतीरमण शर्माले समृद्ध नेपाल सुखी नेपालीकाे अवधारणा कार्यान्वयनबाटै मुलुक समृद्धिकाे यात्रामा अघि बढेकाे बताएका छन् ।
नेकपा एमाले गढवा गाउँपालिका-१ काे वडा कमिटी गठन तथा सपथ कार्यक्रमलाई वडहरामा सम्बाेधन गर्दै प्रमुख अतिथि समेत रहेका शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताकाे पक्षमा लिएको अडान, मुलुककाे विकासमा खेलेको नेतृत्वदायी भूमिकाले नेपाल अघि बढेकाे बताए । जस्तो सुकै परिस्थितिकाे सामना गर्न सक्ने कुशल नेतृत्वकर्ता सम्मानित प्रधानमन्त्री केपी शर्मा ओलीले देखेकाे सपनाहरु पूरा हुन थालेपछि विपक्षीहरु अत्तालिन थालेकाे बताए ।
नेकपा एमाले गढवा गाउँपालिका संगठन कमिटीका अध्यक्ष बावुराम अधिकारीकाे अध्यक्षतमा भएको भेलालाई नेकपा एमाले लुम्बिनी प्रदेशका सदस्य तथा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढा मगर, जिल्ला सदस्य मधा न्याैपाने, नरेन्द्र यादव, सीता चाैधरी, युवा संघ नेपालका पालिका अध्यक्ष विनाेद अधिकारी, प्रेस चाैतारी नेपालका दाङ जिल्ला काेषाध्यक्ष दशरथ घिमिरे लगायतले सम्बाेधन गरेका थिए ।
भेलाले ढगबहादुर महतरा अध्यक्षतामा २०५ सदस्यीय वडा कमिटी गठन गरेकाे छ । सचिव हेमन्तीकुमारी कुमाल लगायत अन्य सदस्यमा रहनु भएको छ । भेलाले २५ सदस्य सचिवालय गठन गरेकाे छ । भेलाकाे सहजिकरण केशरी गिरीले गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे