LISTEN LIVE RADIO

दाङमा भरुवा भन्दुक सहित ३ जना पक्राउ



दाङमा भरुवा भन्दुक सहित ३ जना पक्राउ

दाङ १८ चैत्र । दाङमा भरुवा भन्दुकसहित ३ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १३ चंखेलीबाट एक थान भरुवा बन्दुक र ४ बन्दुक नाल सहित ३ जना पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा चंखेली बस्ने ६५ वर्षीय मोहन बहादुर नेपाली सोही ठाउँ बस्ने ३६ वर्षीय मान बहादुर नेपाली र वडा नम्बर १२ गुर्जे बस्ने ब ६२ वर्षीय रण बहादुर बिष्ट रहेको लम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। उनीहरुलाई मंगलबार साँझ गोप्य सूचनाका आधारमा ८ बजे पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे