LISTEN LIVE RADIO

पत्रकार महासंघ दाङको नयाँ कार्यसमिति सहमतिबाट चयन गर्नुपर्ने प्रेस युनियनकाे निष्कर्ष



पत्रकार महासंघ दाङको नयाँ कार्यसमिति सहमतिबाट चयन गर्नुपर्ने प्रेस युनियनकाे निष्कर्ष

दाङ १७ चैत्र । नेपाल प्रेस युनियन दाङले नेपाल पत्रकार महासंघ दाङको नयाँ कार्यसमिति सहमतिबाट चयन गर्नुपर्ने निष्कर्ष निकालेको छ । मंगलवार घोराहीमा भएको भेलाले सहमतीय नेतृत्वका लागि युनियनले अन्य पत्रकार संगठनहरुसँग वार्ता तथा छलफल थाल्ने युनियनले निर्णय गरेको हाे । सहमतिका लागि युनियनले नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीको संयोजकत्वमा ७ सदस्यीय कार्यदल समेत गठन गरेको छ । कार्यदलमा लिला शाह, नारायण खड्का, आरके शितल, देवेन्द्र बस्नेत, किरण शाह र गोपाल शर्मा भट्टराई सदस्य रहेका छन् ।

कार्यदलले नेपाल पत्रकार महासंघको आगामी नेतृत्वका लागि सहमतिका माध्यमबाट चयन गर्न अन्य संगठनहरुसँग वार्ता थाल्ने छ । छलफलमा सहभागी पत्रकारहरुले महासंघको निर्वाचनमा युनियनकै नेतृत्व ल्याउने गरी नेतृत्वलाई अघि बढ्न सुझाव दिएका थिए । त्यसै गरी नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा युनियनका सल्लाहकार विपुल पोख्रेललाई विजयी बनाउन चुनावी अभियान थाल्ने भएको छ ।

आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा सल्लाहकार पोख्रेललाई महासंघको केन्द्रीय अध्यक्षमा अत्यधिक बहुमतले निर्वाचित गराउनका लागि चुनावी अभियान थाल्ने निर्णय गरेको हो । युनियनका सल्लाहकार पोख्रेललाई नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा निर्वाचित गराउनका लागि युनियनका सबै सदस्यहरु कर्मठ भई चुनावी अभियानमा लाग्ने भेलाले निर्णय गरेको छ ।

यसै बीच नेकपा एमाले निकट प्रेस चौतारीको सोमवार बसेको भेलाले दुर्गालाल केसीको नेतृत्वमा महासंघको निर्वाचनमा जाने निर्णय गरेको छ । अन्य पदाधिकारी तथा सदस्यको भने पछि टुंगो लगाइने कार्यदलका सदस्य इन्द्र डिसीले बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे