तुलसा पोख्रेल पूर्पक्षका लागि कारागार चलान



तुलसा पोख्रेल पूर्पक्षका लागि कारागार चलान

तुलसीपुर १४ चैत्र। तुलसीपुरकी तुलसा पोख्रेललाई जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाएको छ । प्रतिबन्धित ब्राउन सुगर सहित पक्राउ परेकी  तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ की ४२ वर्षीया पोख्रेल गत फागुन १६ गते दिउँसो ब्राउन सुगर सहित पक्राउ परेकी थिइन । 

दाङ देउखुरी जिल्ला अदालतले पोख्रेललाई उक्त अनुसन्धानका लागि भन्दै शुक्रवार पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए । अदालतको आदेश अनुसार शुक्रवार नै पोख्रेललाई तुलसीपुर स्थित कारागारामा पूर्पपक्षका लागि थुनामा पठाइएको डिएसपी  सिंहले जानकारी दिए । 

पोख्रेललाई प्रहरीले फागुन १६ गते दिउँसो गोप्य सूचनका अधारमा तुलसीपुर बजारस्थित उनकै घर भित्र राखेको उनको निजी  स्कुटर रा ५ प ७१४६ को डिक्की भित्र राखेको अवस्थामा ब्राउन सुगर पक्राउ गरेको थियो । उनी उच्च अदालत सुर्खेत जुम्ला इजलाशका न्यायधीश मदन पोख्रेलकी कान्छी श्रीमती रहेको प्रहरीले जनाएको छ । तर, पछिल्लो समय न्यायाधीश संग सम्बन्ध नरहेको तथा डिभोर्सको प्रक्रिया समेत अगाडि बढेको कुरा न्यायधीश पोख्रेल निकट स्रोतले बताउने गरेको छ ।  पोखरेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहकी जिल्ला कमिटी सदस्य पनि हुन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे