लमही बजारका भित्री सडकहरु २२ वर्षपछि कालोपत्रे हुँदै



लमही बजारका भित्री सडकहरु २२ वर्षपछि कालोपत्रे हुँदै

लमही १४ चैत्र । लमही बजारका ३ ओटा भित्री सडकहरु २२ वर्षपछि कालोपत्रे गरिन थालिएको छ । जस अन्तरगत अहिले उक्त सडकमा परेका खाल्डाखुल्डीमा टालटुल पारेर रोलिङ गर्ने कार्य शुक्रबार देखि सुरु भएको छ । जसले गर्दा पछि कालेपत्र गर्न सहजहोस भनेर यस्तो कार्य गरिएको हो ।

त्यसको लगत्तै तीन वटै भित्री सडकमा कालेपत्रे गरिने भएको इन्जीनियर सुरेश शाहले जानकारी दिएका छन् । उक्त सडक अति जिर्ण भएपछि मर्मत गर्न थालिएको हो । लमही नगर बिकास समितिको कुल २६ लाखको लगानीमा ती सडकको स्तरउन्नती हुन लागेको हो । २०५५ सालपछिको यो सडकको स्तरउन्नती हुन थालेको इन्जीनियर शाहले बताए । जसमा बगैचा रोड, कर्णाली बिकास बंैक रोड, कान्छीरोड परेका छन् ।

कुल ३० लाखको इस्टिमेट भएपनि ठेक्का पर्दा घटेर २६ लाखमा आएको हो । कुल ७ सय मिटर सडकको स्तरउन्नती हुने भएको बताएको छ । जसको निर्माण कार्यको जिम्मा जय श्रीराम बिल्डर्स लमही दाङले पाएको छ । भने सो कार्य असार मसान्त सम्म सकिने गरि संम्झौता गरिएको छ । उक्त सडक बन्ने भएपछि लमहीका बासिन्दा खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे