विभिन्न माग राख्दै  सामुदायिक विद्यालयका प्रअहरुले राजपुर गाउँपालिकालाई ज्ञापनपत्र बुझाए



विभिन्न माग राख्दै  सामुदायिक विद्यालयका प्रअहरुले राजपुर गाउँपालिकालाई ज्ञापनपत्र बुझाए
राजपुर १४ चैत्र । दाङ  देउखुरीको राजपुर गाउँपालिका क्षेत्रका सामुदायिक विद्यालयका प्रअहरुले विभिन्न माग राख्दै राजपुर गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । जनज्योति माविका प्रअ केशवराम यादवको अध्यक्षतामा बसेको बैठकको उपस्थिति र निर्णयानुसार हाल शिक्षा क्षेत्र अस्तव्यस्त भएको भन्दै त्यसलाई प्रभावकारी बनाउनका लागि विभिन्न मागहरु राखी राजपुर गाउँपालिकामा ज्ञापनपत्र बुझाएका हुन्।
पालिका स्तरिय शिक्षाकार्यबिधी स्पष्ट हुनुपर्ने, योजनावद्द तरिकाले शिक्षक दरबन्दी मिलान, विद्यार्थी संख्याको आधारमा निजिश्रोत शिक्षकको तलब ब्यवस्था, राहत शिक्षक, निजि शिक्षक तथा लेखाकर्मचारीलाई तालिमको ब्यवस्था, ११/१२ कक्षा संचालन गरेका विद्यालयका शिक्षक तलबको अनुदान लगायतका माग राखी शुक्रवार ज्ञापनपत्र बुझाएका हुन्।
गाउँ सभा चलिरहेको अवस्थाले गर्दा गाउँपालिका प्रमुखलाई ज्ञापनपत्र प्रत्यक्षरुपमा बुझाउन नसकेपनि गाउँपालिकाको कार्यालयका लेखा अधिकृत भरतमणी पोख्रेलको माध्यमबाट उक्त ज्ञापनपत्र बुझाईएको थियो । भने पटकपटक भनिरहदा पनि प्रअहरुको मागप्रती गाउँपालिकाले कुनै प्रकारको सुनुवाई नगरेकोमा गुनासो समेत प्रकट गरिएको थियो। सामुहिक ज्ञापनपत्र जनज्योती माबिका प्रअ केशवराम यादवले पढेर सुनाउँदै अधिकृत पोख्रेललाई बुझाइकोमा ज्ञापनपत्र बुझ्दै यसमा उल्लेखित मागहरु समयसापेक्ष भएकोले धेरैजसो मागहरु सजिलै सम्वोधन हुने सक्ने कुरा अधिकृत पोख्रेलले बताए।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे