LISTEN LIVE RADIO

लमही जेसिजद्धारा दाङको देउखुरीमा २ दिने व्याटमिन्टन प्रतियोगिता सुरु



लमही जेसिजद्धारा दाङको देउखुरीमा २ दिने व्याटमिन्टन प्रतियोगिता सुरु

लमही १३ चैत्र । लमही जेसिजको आयोजनामा दाङको देउखुरीमा शुक्रबार देखि २ दिने ब्याटमिन्टन खेल प्रतियोगीता सुरु भएको छ । लमही जेसिजका अध्यक्ष दुलमदास चौधरीको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरिको प्रमुख आतिथ्यतामा सुरु भएको खेलमा ४८ वटा समुहमा बिच प्रतिस्पर्धा हुने छ।
प्रथम हुने टिमले ५० हजार रुपैया प्राप्त गर्ने छ भने उपबेजेता टिमले २५ हजार रुपैया हात पर्ने छन् ।

खेलकुद स्वास्थका लागि उत्तम रहने भएकाले ” स्वास्थका लागि खेलकुद रास्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ संचालन गरिएको लमही जेसिजका खेलकुद सम्योजक सबिन केसीले बताए । लमही जेसिजका खेलकुद सम्योजक सबिन केसिको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन समारोहको सहजीकरण लमही जिसिजका महासचिब सुन्दर केसीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे