गढवामा बिकासे योजनाहरुको अनुगमन



गढवामा बिकासे योजनाहरुको अनुगमन

गढवा २१ फागुन । गढवा गाउँपालिकाको अनुगमन टोलीले बिहिवार वडा नं.२, ५ र ७ का बिभिन्न बिकासे योजनाहरुको स्थलगत अनुगमन तथा अबलोकन गरेको छ । गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक शान्ती चौधरीको नेतृत्वमा गाउँपालिकाको एक टोलीले अनुगमन गरेको हो ।

सो क्रममा वडा नं. २ स्थित पचहिया तिनघरुवा टोलमा ७ लाखको लागतमा निर्माण भएको पक्की नाली सहित सडक स्तरोननती, पचाहाको रात्री प्रावीको कम्पाण्ड वाल, सुगेन्द्र चौधरीको घरनेर ड्याम निर्माण, रात्री प्राबि देखी बघमरुवा जोड्ने बाटो ग्रभेल, मंग्रेनी खोला तटबन्धन, स्पर निर्माण तथा बाटो संरक्षण, वडा नं. २ को हरियाली प्रबर्धन कार्यक्रम र वडा नं. ७ को परिचोक पक्किनाली निरन्तरता लगायतका योजनाहरुको काम संतोषजनक भएको अनुगमन टोलीले जनाएको छ । टोलीमा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी, इन्जीनियर बिनयकुमार यादव, योजना शाखाका प्रमुख कुलराज कुमाल र पत्रकार शिबराज पन्थी लगातका रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे