गढवामा वडा स्तरिय बाल सञ्जाल गठन गरिदै



गढवामा वडा स्तरिय बाल सञ्जाल गठन गरिदै

गढवा २१ फागुन । गढवा गाउँपालिका स्तरिय बाल संजालको आयोजना र गढवा गाउँपालिकाको सपोर्टमा गढवाका सबै वडाहरुमा वडा स्तरिय बाल संजल गठन गरिन थालेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकालाई बालमैत्री बनाउन यो अभियानको प्रारम्भ गरिएको बताईएको छ ।

जस अनुसार गढवाको वडा नं. ६ मा वडा अध्यक्ष बालचन्द्र ठकूरी हमालको अध्यक्षतामा बाल संजालको भेला बोलाई बिश्वजित यादवको अध्यक्षतामा ९ सदस्यीय वडा स्तरीय बाल संजाल गठन गरिएको गाउँपालिका स्तरीय बाल संजालका अध्यक्ष जगधिश यादवले जानकारी दिए ।

यसै बिच बिहीवार गढवाको वडा नं. ५ स्थित सिपि नेपालको सभाहलमा वडा स्तरबाट सबैजसो बिद्यालयका बालबालिकाहरु आमन्त्रण गरि बृहत भेलाको आयोजना गरिएको छ । पालिका स्तरीय बाल संजालका अध्यक्ष जगधिश यादवको अध्यक्षता र गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा वडा सदस्य गोबिन्द वली, निर्मला परियार, सिपि नेपालका महिला कार्यक्रम संयोजक सरिता चौधरी, पत्रकार शिबराज पन्थी र आधारभूत बिद्यालय कक्रहवाका शिक्षक दामोदर रेग्मी लगायतले बालबालिकाको अधिकार सुनिश्चित गर्न सबैको दायित्व भएको बताए ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष शान्ती चौधरीले गाउँपालिकालाई बालमैत्री घोषणा गर्न ३९ वटा सुचक पुरा गर्नुपर्ने बताए । बालबालिका भबिश्यका कर्णधार भएको भन्दै उपाध्यक्ष चौधरीले बालबालिकाहरुलाई पढ्न, खेल्न र सिक्न पाउने अधिकार सुनिश्चित गर्नुमा पहिलो घर परिवारको कर्तब्य र दोश्रोमा नेपाल सरकारको कर्तब्य भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे