LISTEN LIVE RADIO

तुलसीपुरमा इन्टर रोटरी – रोट्रयाक्ट क्लब फुटसल टुर्नामेन्ट हुने



तुलसीपुरमा इन्टर रोटरी – रोट्रयाक्ट क्लब फुटसल टुर्नामेन्ट हुने

तुलसीपुर १९ फागुन। दाङको तुलसीपुरमा इन्टर रोटरी – रोट्रयाक्ट क्लब फुटसल टुर्नामेन्ट २०७७ हुने भएको छ । रोटरी क्लब अफ तुलसीपुर सिटि र रोट्रयाक्ट क्लब अफ तुलसिपुरको संयुक्त आयोजनामा संचालन गरिन लागेको प्रतियोगिता यहि फागुन २१ र २२ गते तुलसीपुर ६ स्थित द लेजेण्ड फुटसल ग्राउन्डमा हुुनेछ ।

आपसी भाईचारा कायम राख्ने र ब्यवसायिक फुटसल खेलको बिकासमा थप टेवा पुर्याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका रोटरी रोट्र्याक्ट क्लबका ८ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक रुपेश शर्माले जानकारी दिएका छन् ।

प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद ३० हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद १० हजार मेडल, प्रमाणपत्र हात पार्ने सयोजक शर्माले बताए । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फ वेस्ट प्लेयर हुने खेलाडी लाई पुरस्कृत गरिनेछ । फागुन २२ गते सम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईने छ। यसैविच प्रतियोगिताको तयारीलाई तिव्र पारेको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे