LISTEN LIVE RADIO

गरिबी निवारणका लागि लघुउद्यम सचेतना



गरिबी निवारणका लागि लघुउद्यम सचेतना

गढवा १९ फागुन । गढवा गाउँपालिकाले गढवाका वडा नं. ७ र ६ मा गरिबि निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत ब्यवसाय सचेतना सुरु गरेको छ । नेपाल सरकारको भुमी ब्यवस्था सहकारी तथा गरिबि निवारण मन्त्रालय अन्तर्गत गाउँपालिकामा २ जना उद्यम बिकास सहजकर्ता छनोट गरि कार्यक्रम सुरु गरेको गाउँपालिकाले जनाएको छ ।

यसै बिच गढवा गाउँपालिका वडा नं. ७ मा संचालन गरिएको ८ दिने लघुउद्यम बिकास सम्बन्धि तालिम एक समारोहका बिच मंगलबार समापन गरिएको छ । वडा नं. ७ का वडा सदस्य फागुराम चौधरीको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा तालिमको समापन गरिएको हो । कार्यक्रममा प्रशासन शाखा प्रमुख पुनाराम शर्मा,वडा सदस्य जानकी चौधरी, सहभागिहरु दानबहादुर चौधरी, गिता चौधरी र देवा जैसी लगायतले बोलेका थिए । कार्यक्रमको संचालन लघु उद्याम बिकास सहजकर्ता मिना चौधरीले गरेकी थिइन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे