LISTEN LIVE RADIO

दाङमा बाल बिवाहको आरोपमा बेहुला पक्राउ



दाङमा बाल बिवाहको आरोपमा बेहुला पक्राउ

घोराही २३ माघ । बाल बिवाह गरेको आरोपमा दाङ प्रहरीले बेहुलालाइ पक्राउ गरेको छ । जिल्ला प्रहरि कार्यालय दाङका एसपि गणेश चन्दले बाल बिवाह गरेको प्रहरिमा उजुरि परेपछि बेहुला घोराही ९ बस्ने बर्ष २८ बसन्त चौधरीलाई नियन्त्रणमा लिइएको जानकारी दिए । चौधरीले केहिदिन अगाडि घोराही १० नारायणपुरकि १५ बर्षिय एक बालीकासंग बाल बिवाह गरेका थिए । नारायणपुरको बाल बिवाह बारे स्थानीयले उजुरि दिएपछि प्रहरिले बेहुला र बेहुलिलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि तथा प्रबक्ता मुकुन्द रिजालले बाल बिवाहको आरोपमा पक्राउ परेका चौधरीले माघ १० गते नारायणपुरबाट बिहे गरेको र माघ २२ गते माइती पक्षले भित्र्याएको प्रहरिलाई बयान दिएको बताए । उनले बेहुलिलाई अभिभाबकको जिम्मा लगाएर छाडिएको र बेहुला प्रहहरी हिरासतमा रहेको बताए । डिएसपि रिजालले प्रहरीको मुद्धा फाटले केटि पक्षलाई जन्म दर्तासहित उमेर खुल्ने कागज ल्याउन भनिसकेको र उमेर खुल्ने कागज आएर बाल बिवाह गरेको देखिएमा कानुनि प्रकृया अघि बढ्ने बताए । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे