LISTEN LIVE RADIO

घोराहीमा प्रधानमन्त्री रोजगारमा एक सय योजना, तीन सय ६६ जनालाई रोजगारी



घोराहीमा प्रधानमन्त्री रोजगारमा एक सय योजना, तीन सय ६६ जनालाई रोजगारी

घोराही २३ माघ । घोराही उपमहानगरपालिकामा यसबर्षको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत एक सय दिन बराबर काम सुरु भएको छ । वडा नम्बर ७ र १६ बाहेक अन्य १७ वटा वडामा ३ सय ६६ जना बेरोजगारलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी बनाईएको हो ।

एक सय दिन बराबरको काम पाएका उनीहरुलाई विभिन्न काममा सहभागी गराउन सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक शरद पाण्डेले जानकारी दिए । वडाहरुबाट छनोट भइ आएका विभिन्न एक सय ५ वटा योजनाको कामहरु गर्न एक करोड ६१ लाख रुपैयाँ बजेट रहेको समेत उनले जानकारी दिए ।

हालै नगर कार्यपालिका बैठकले कामदारको संख्या र योजनालाई स्वीकृत गरेपछि कार्यान्वयनमा ल्याईएको हो । अहिले वडा नम्बर ११ र १९ मा काम सुरु भैसकेको छ । वडा नम्बर ११ मा ७ लाख रुपैयाँ बजेट परेको छ भने रोजगार पाएका ६४ जनाले त्यहाँ सडक निर्माणमा जुटेका छन् ।

यस्तै वडा नम्बर १९ मा १० लाख १० हजार रुपैयाँ बजेट विनियोजन भएको र दुई वटा बाटो निर्माण सँगै दुईवटा पोखरी निर्माणमा ५६ जना सहभागि भएको संयोजक पाण्डेको भनाई छ । बाटो निर्माण, नाला निर्माण, प्रतिक्षालय निर्माण, ग्राभेल गर्ने, सरसफाई, टतबन्ध निर्माण, तारजाली गर्ने, बृक्षारोपण गर्ने लगाएका योजनाहरु छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे