LISTEN LIVE RADIO

हिन्दु जागरण विद्यार्थी सङ्घ दाङ जिल्ला समितिको पहिलो बैठक सम्पन्न



हिन्दु जागरण विद्यार्थी सङ्घ दाङ जिल्ला समितिको पहिलो बैठक सम्पन्न

बिरेन्द्र गिरी, देउखुरी ११ पुस ।

सम्पुर्ण धर्म संस्कार संस्क्रिती प्रेमी विद्यार्थीहरू एक जुट होऔ भन्ने मुल नाराका साथ हिन्दु जागरण विद्यार्थी सङ्घको पहिलो बैठक शनिबार सम्पन्न भएको छ । जिल्ला अध्यक्ष गौतम चौधरीको अध्यक्षता एवम् केन्द्रिय अध्यक्ष नबिन गिरीको प्रमुख  आतिथ्यतामा देउखुरीकाे शकर मावि पिपरीको प्राङ्गणमा  बैठक सम्पन्न भएको हो ।

बैठकले आ-आफ्नो पदिय जिम्मेवारी बहन गर्नु पर्ने, सङ्गठनलाई आर्थिक रुपमा बलियो बनाउनु पर्ने, सङ्गठनमा सबैको सहभागीता बढाउनु पर्ने निर्णय गरेकाे छ । बिनोद बेलवासेकाे स्वागत मन्तव्य बाट सुरू भएको बैठकमा बोल्ने सहभागीहरुले हिन्दुत्व सम्रक्षण तथा धर्म परिवर्तन बिरुद्धको महाअभियान बोकेको यो सङ्गठनको प्रमुख उद्यस्यले सङ्गठनको रुपमा ब्यापक बिस्तार गर्नुपर्ने बताएका थिए ।

बैठकमा केन्द्रीय प्रेस सम्योजक बिरेन्द्र गिरी, राप्ती अन्चल सम्योजक देबेन्द्र रोका र मानध्वज भारती लगायत वक्ताहरूले मन्तव्य ब्यक्त गरेका थिए । बैठकमा पद्धाधिकारी तथा सदस्यहरु गरी १९ जनाको सहाभागिता रहेको बैठककाे सहर्जीकरण स‍‌घका दाङ जिल्लाका सचिव केशर गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे