LISTEN LIVE RADIO

दाङमा टिक–टक बनाउने क्रममा झोलुङ्गे पुलबाट लडेर एक जना गम्भीर घाइते



दाङमा टिक–टक बनाउने क्रममा झोलुङ्गे पुलबाट लडेर एक जना गम्भीर घाइते

दाङ ४ पुस । दाङमा टिक–टक बनाउने क्रममा झोलुङ्गे पुलबाट लडेर एक जना गम्भीर घाइते भएका छन् । शनिबार दिउँसो सवा दुई बजेतिर बबई गाउँपालिका–५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झोलुङ्ग पुलमा टिक–टक बनाउने क्रममा लडेर तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा गम्भीर घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार गम्भीर घाइते थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकलमा रेफर गरिएको छ । उनको अवस्था अझैं पनि गम्भीर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे