LISTEN LIVE RADIO

जसपाका अध्यक्ष उपेन्द्र यादव दाङमा, देउखुरीको पाखापानीमा स्वागत तथा भेटघाट



जसपाका अध्यक्ष उपेन्द्र यादव दाङमा, देउखुरीको पाखापानीमा स्वागत तथा भेटघाट

देउखुरी टुडेकर्मी, भालुवाङ ४ पुस ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव दाङ आएका छन् । आइतबार देखि देउखुरीको लमहीमा हुन लागेको दुई दिने राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रममा सहभागी हुन पार्टीका अध्यक्ष यादव शनिबार बेलुका दाङको लमहीमा आईपुगेका हुन् ।

समाजवादी महिला संघ लुम्बिनी प्रदेशले देउखुरीको लमहीमा आइतबार देखि नेतृत्व विकास, एवम् राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । सोही कार्यक्रमको उद्धघाटन गर्न पार्टी अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री यादव सहितको टोली दाङ आएको पार्टीका जिल्ला अध्यक्ष होमप्रसाद शर्माले जानकारी दिएका छन् । समाजवादी महिला संघ लुम्बिनी प्रदेशले आइतबार बिहान १० बजे लमहीको थारु कल्याणकारी सभा क्षेत्रिय समिती लमहीको सभाहलमा प्रशिक्षण कार्यक्रम राखेको छ ।

उक्त प्रशिक्षण कार्यक्रममा सहभागी हुन पार्टीका केन्द्रिय कार्यकारणी सदस्य तथा प्रचार—प्रसार विभाग प्रमुख डम्मर खतिवडा, केन्द्रिय कार्यकारणी सदस्य एवम् शहरी विकास तथा खानेपानी विभाग प्रमुख मोहम्मद इस्तियाक राई, केन्द्रिय कार्यकारणी सदस्य दुर्गा सोप, केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष असोककुमार यादव, केन्द्रिय सदस्य मनिकर कार्की र अब्दुल रहमान खान लगायतको सहभागिता रहेको पार्टीका जिल्ला अध्यक्ष शर्माले देउखुरी टुडेलाई जानकारी दिए ।

प्रशिक्षण कार्यक्रम दुई दिनमा चल्ने बताइएको छ । प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशको १२ वटा जिल्लाका एक सय बढी महिला नेता कार्यकर्ताहरुको सहभागिता रहने आयोजक समाजवादी महिला संघ लुम्बिनी प्रदेशकी अध्यक्ष गिता श्रीवास्तवले जानकारी दिइकी छिन् ।

अध्यक्ष यादवलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी पाखापानीमा स्वागत

यसैबीच जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी पाखापानीमा शनिबार बेलुका स्वागत गरिएको छ । जसपा दाङले अध्यक्ष यादवलाई फूलमाला सहित सम्मान गर्नुका साथै कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम समेत गरेको छ ।

पार्टीका दाङ जिल्ला इन्चार्ज भरतलाल चोधरीको अध्यक्षतामा भएको स्वागत, सम्मान तथा कार्यकर्ता भेटघाट एवम् चियापान कार्यक्रमलाई सम्बोधन गदै पार्टी अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले जबजस्ती ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशलाई तत्काल खारेज गरी हिउँदे अधिवेशन बोलाउन माग गरेका छन् ।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर सरकार विधि र प्रक्रियामा अनुसार चल्नुपर्नेमा मुलुकलाई स्वच्छेचारितातर्फ डो¥याएको पुष्टि भएको उपप्रधानमन्त्री ुमेत रहेका यादवले भने । राष्ट्रिय आवश्यकताको आधारमा मात्रै अध्यादेश ल्याउनु पर्ने अध्यक्ष यादवको भनाइ छ । ‘अध्यादेश राष्ट्रिय दलहरूको सहमतिको आधारमा ल्याउनु पर्ने हो, राष्ट्रपति कार्यालयले त्यसलाई औपचारिकता मात्रै दिने हो,’ अध्यक्ष यादवले भने । नेकपा भित्रको आन्तरिक बिबादले पछिल्लो समय राजाबादीहरु सल्बलाउन थालेको बताउँदै पुन राजा फर्किनु उनीहरुको दिवा सपना मात्र रहेको बताए ।

कार्यक्रममा जिल्ला भरिका जसपाका अगुवा नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो । भने कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला अध्यक्ष होमप्रसाद शर्माले गरेका थिए ।

लमहीमा बिहान ८ बजे पत्रकार भेटघाट

यता जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव संग आईतबार बिहान लमहीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको छ ।

देउखुरी टुडे सञ्चार प्रा.लि. भालुवाङको आयोजनामा बिहान ८ बजे लमहीको पौवा होटेलमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको प्रालिका अध्यक्ष तथा देउखुरी टुडे डटकमका प्रकाशक तथा प्रधान सम्पादक सन्तोषकुमार गुप्ताले जानकारी दिएका छन् । उक्त पत्रकार भेटघाट कार्यक्रममा सहभागी भईदिन प्रालिका अध्यक्ष गुप्ताले जिल्लाका सम्पूर्ण पत्रकारहरुमा आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे