LISTEN LIVE RADIO

ऐरावती क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न, सपना भण्डारी प्रथम



ऐरावती क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न, सपना भण्डारी प्रथम

भालुवाङ ७ वैशाख । ऐरावती आदर्श बहुमुखी क्याम्पस राप्ती -२ लालमटिया, देउखुरी दाङमा बिहीबार ‘व्यक्तित्व विकासमा शिक्षाको महत्व’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा सञ्चालित प्रतियोगितामा बि.बि.एस. दोस्रो वर्षकी छात्रा सपना भण्डारी प्रथम, बि.बि.एस. प्रथम वर्षकी छात्रा विनीता केसी द्वितीय र बि.बि.एस. तेस्रो वर्षका छात्र भुवन भट्टराईले
तृतीय स्थान हासिल गरेका थिए ।प्रतियोगी विजेताहरूलाई प्रमुख अतिथिबाट पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको सुचना अधिकारी सन्तोष कुमार योगीले जानकारी दिएका छन् ।

कार्यक्रम संयोजक भेषबहादुर बुढाथोकीको अध्यक्षता एवम् क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष ताराप्रसाद भुसालको प्रमुख आतिथ्यता तथा क्याम्पस प्रमुख विक्रान्त ज्ञवालीको विशिष्ट आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो । बि.एड.र बि.बि.एस.मा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक प्राध्यापक चुडामणि खत्रीले गरेका थिए । प्रतियोगिताको निर्णायकको भूमिका प्राध्यापकहरु चन्द्रप्रकाश ओली, आनन्दकुमार लामिछाने र तुलसीराम पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे