LISTEN LIVE RADIO

एमालेद्वारा स्व. चौधरीको श्रद्धाञ्जली सभा कार्यक्रम



एमालेद्वारा स्व. चौधरीको श्रद्धाञ्जली सभा कार्यक्रम

भालुवाङ १९ पुस । नेकपा एमाले राप्ती गाउँपालिका ३ नम्बर वडा कमिटीले स्व. सठराम चौधरीको १३ औं दिनको पुण्य तिथिको अबसर पारी बिहीबार  श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरिया निबासी ६० वर्षिय स्व. चौधरीको निवासमा श्रद्धाञ्जली सभा कार्यक्रम गरिएको हो । पार्टीका ३ नम्बर वडा कमिटीका वरिष्ठ सदस्य  रुद्रमणी शर्माको अध्यक्षता एवम् नेकपा एमाले राप्ती गाउँपालिका कमिटीका अध्यक्ष मदन अधिकारीको प्रमुख आतिथ्यतामा भएको सभामा बोल्दै प्रमुख अतिथि अधिकारीले पार्टीको क्रियाशिल स्व. सदस्य चाैधरीलाई गुमाएकोमा दुख व्यक्त गरेका थिए । चौधरीको निधनले सिंगो पार्टीलाई क्षती पुगेको भन्दै दुख व्यक्त गर्दै मृतकप्रती श्रद्धाञ्जली र शोक सन्तप्त परिबारजनमा गहिरो सम्म्बेदना समेत प्रकट गरेका थिए ।

त्यसै गरि नेकपा एमालेका वरिष्ठ सदस्य धर्मराज अधिकारीले पनि शोक मन्तव्य व्यक्त गरेका थिए । स्व. चौधरीको जिवनीका विषयमा छ‍ोरी भागबती चौधरीले जान्कारी गराएकी थिइन् भने । कार्यक्रमको सन्चालन भरतमणि न्यौपानेले गरेका थिए ।
स्व. चौधरीको २०२० फागुन ६ गते जन्म भएको थियोे । भने २०८० पुस ६ गते निधन भएको थियो । स्व. चौधरी लामो समय क्यान्सर रोगबाट पिडित थिए । स्व. चौधरीका ३ छोरी १ छोरा र श्रीमति रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे