नुवाकाेटमा ६ वर्षीय बालिकाको अपरणपछि हत्या अभियोगमा युवती पक्राउ



नुवाकाेटमा ६ वर्षीय बालिकाको अपरणपछि हत्या अभियोगमा युवती पक्राउ

रसुवा २४ मंसिर । नुवाकाटमा ६ वर्षकी बालिकाको अपहरण पछि हत्या गरेको आरोपमा एक युवति पक्राउ परेकी छन् । पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ की १९ वर्षकी सपना तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।

रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङ कि बालिका सुमिना तामाङ विद्यालयबाट साँझसम्म घरमा नफर्किएपछि परिवारले हपरणमा परेको भन्दै प्रहरीमा उजुरी दिएको थियो ।

आइतबारदेखि हराइरहेकी बालिकाको हिजो दिउँसो शव भेटिएको थियो । परिचय खुल्न नसकेका एकजना महिलाले बालिकालाई लगेको हल्ला फैलिएपछि बालिकाको परिवारले अस्थायी प्रहरीचौकी ग्राङमा उजुरी दिएका थिए । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक इन्द्र सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे