LISTEN LIVE RADIO

गणतन्त्र दिवसको अवसरमा व्याडमिन्टन प्रतियोगिता : पाण्डे र ज्ञवालीको टिम विजयी



गणतन्त्र दिवसको अवसरमा व्याडमिन्टन प्रतियोगिता : पाण्डे र ज्ञवालीको टिम विजयी

सिसहनियाँ १५ जेठ । १६ औं गणतन्त्र दिवसको अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ७ बड्का सिसहनियाँमा आयोजित ब्याडमिन्टन प्रतियोगितामा शुभदपर्ण क्लवका दिपक पाण्डे र युवराज ज्ञवालीको टिमले प्रथम स्थान प्राप्त गरेको छ ।

असल शासनका लागि युवा एकता युग सिसहनियाँको आयोजना र मुक्तिनाथ विकास बैंकको प्रायोजन रहेको ब्याडमिन्टन प्रतियोगितामा शुभदपर्ण ब्याडमिन्टन क्लवका दिपक पाण्डे र युवराज ज्ञवालीको टिममले गणतन्त्र दिवशको अवसरमा आयोजित प्रतियागिताको प्रथम स्थान प्राप्त गरेको हो ।

लागुपदार्थ त्यागौ खेलकुदमा लागाै, स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ गणतन्त्र दिवसको अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको थियो ।
मुक्तिनाथ विकास बैंकले स्थानिय खेलाडिहरुको खेल प्रतिको सक्रियतालाई बढावा दिन र सामाजिक उत्तरदायित्वको आधारमा प्रतियोगिता सञ्चालनमा सहयोग गरिएको प्रतियोगितामा भागवत ज्ञवालीको टिम द्धितिय र तिर्थराज ज्ञवाली र सुनिल चौधरीको टिमले तृतिय स्थान प्राप्त गरेको छ ।

शुभ दपर्ण एकेडेमीको खेल मैदानमा सञ्चालन गरिएकोे ब्याडमिन्टन प्रतियोगिताका विजयीहरुलाई नगद, शिल्ड, प्रमाणपत्र तथा ड्रेश सेटको पुरस्कार प्रदान गरिएको छ ।
युग सिसहनियाँका अध्यक्ष किशोर कुमार शर्मा रेग्मीको अध्यक्षता एवम् सिसहनियाँ उद्योग बाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष नेमलाल बेल्वासे, पत्रकार ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विक्रान्त ज्ञवालीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन तिर्थराज ज्ञवालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे