LISTEN LIVE RADIO

अगैयामा बस र कार एकआपसमा ठोक्किदा दुई जनाको घटनास्थलमा मृत्यु



दाङ १६ जेठ । बाँकेको अगँयामा कार र बस एकआपसमा ठोक्किदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका-८ मुगुवा खोली नजिकै मंगलबार दिउँसो साढे चार बजेतिर पूर्वतर्फँ जादै गरेको मे १ ख ३३३५ नम्बरको बस र पश्चिमतर्फबाट जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कार एकआपसमा ठोक्किँदा कारमा सवार दुई जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

मृत्यु हुनेमा रुपन्देही निवासी ५३ वर्षकी डा‍. सञ्जु खाती खड्का र कार चालक गोरखा निवासी अन्दाजी ३४ वर्षिय सुवास अधिकारी रहेका छन् । दुर्घटनामा मृत्यु भएकी डा. खाती सुर्खेत प्रादेशिक अस्पतालमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी बसमा सवार ६ जना सामान्य घाइते भएका छन् । उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटना पछि बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे