LISTEN LIVE RADIO

सामाजिक अभियन्ता तथा एमाले नेता भट्टराईले गरे जन्मदिनमा रक्तदान



सामाजिक अभियन्ता तथा एमाले नेता भट्टराईले गरे जन्मदिनमा रक्तदान

लमही १७ वैशाख । सामाजिक अभियन्ता तथा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य गंगाराम भट्टराईले आफ्नो जन्मदिनमा रक्तदान गरेका छन् । उनले जन्मदिनमा नियमित रक्तदान गर्दै आएका हुन्।

रगतको अभाव हुन नदिने उदेश्यले लमही रक्तसञ्चार केन्द्रमा पुगेर उनले रक्तदान गरे । ‘रगत उत्पादन गर्ने उद्योग हुने कुरै भएन । दान गरेपछि मात्रै रगत पाइने हो’, उनले भने, ‘रक्तदान जीवनदानको सन्देश सबै ठाउँमा पुर्‍याउन आवश्यक छ।’ नयाँ रक्तदाताको अभाव छ । लुप्त रक्तसमुहका दाता भेट्टाउन मुस्किल छ । जसले गर्दा स्वतन्त्र रुपमा रक्तदान गर्नेदाताहरु बढाउन आवश्यक रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे