स्वतन्त्र पत्रकार संघ प्रदेश अध्यक्ष देवकोटाद्धारा आमाको नाममा अक्षयकोष स्थापना



स्वतन्त्र पत्रकार संघ प्रदेश अध्यक्ष देवकोटाद्धारा आमाको नाममा अक्षयकोष स्थापना

दाङ १४ मंसिर । स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेश अध्यक्ष तथा दाङका बरिष्ठ पत्रकार बिष्णुकुमार देवकोटाले आफ्नी ममतामयी आमा स्व. हिमालयदेवी देवकोटाको नाममा २५ हजार रुपैयाँको अक्षयकोषको स्थापना गरेका छन् । “हिमालयदेवी देवकोटा स्वतन्त्र बर्ष उत्कृष्ट पुरस्कार”को नाममा स्वतन्त्र पत्रकार संघ प्रदेश समितिमा अक्षयकोष स्थापना गरे स्वतन्त्र पत्रकार संघका प्रदेश अध्यक्ष देवकोटाले जानकारी दिए ।

प्रत्येक बर्ष जोखिम युक्त पत्रकारीता गर्ने व्यक्तिलाई आएको ब्याजबाट नगद् सहित सम्मान गरिने देवकोटाले जानकारी दिए । दाङ जिल्लामा २०५७ सालबाट विभिन्न रेडियो, पत्रिका, र पछिल्लो समय टेलिभिजन एवं डिजिटल प्लेटफर्म मार्फत पत्रकारीतामा सकृय देवकोटा लुम्बिनी छड्केका संचालक समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे