तेजस्वी मातृभूमि सहकारी संस्थाको साधारणसभा सुरु : राप्तीमा गरियो उद्घाटन



तेजस्वी मातृभूमि सहकारी संस्थाको साधारणसभा सुरु : राप्तीमा गरियो उद्घाटन

भालुवाङ ३ असोज । तेजस्वी मातृभूमि बचत तथा ऋण सहकारी संस्था लि. को १६ औं वार्षिक साधारणसभा क्षेत्रगत तरिकाले सुरु गरिएको छ ।

साधारणसभाको उद्घाटन बिहिवार राप्ती गाउँपालिकाको सिसहनियाँमा गरिएको छ । मुख्य कार्यालय लमहीमा रहेको संस्थाले देउखुरीको ४ वटा पालिकालाई कार्यक्षेत्र बनाएर कारोवार गरिरहेको छ । सोही अनुसार पालिका स्तरमा साधारणसभा आयोजना गरिएको हो । संस्थाका अध्यक्ष जोगमान खड्काको अध्यक्षता एवम् सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको सभा उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले संस्थाको मुल्य मान्यता तथा सिद्धान्तका आधारमा चल्नुपर्ने बताएका थिए ।

संस्थालाई दिगो रुपमा सञ्चालन गर्न सञ्चालक समिति र कर्मचारीहरुको महत्वपुर्ण भुमिका रहने हुँदा त्यस तर्फ ध्यान दिन वक्ताहरुले सुझाव दिएका थिए । सभामा वार्षिक प्रगति प्रतिवेदन तथा नीति कार्यक्रम संस्थाका अध्यक्ष जोगमान खड्का, आर्थिक प्रतिवेदन कोषाध्यक्ष बसन्त न्यौपाने र लेखा सुपरिवेक्षण प्रतिवेदन लेखा समिति सदस्य केशव घिमिरेले प्रस्तुत गरेका थिए । संस्थाकी उपाध्यक्ष  गिरिजा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक फणाधर ढकालले गरेका थिए ।

यसै बीच संस्थाको दोस्रो दिनको साधारणसभा गढवा र अन्तिम दिनको साधारणसभा लमहीमा गर्ने बताइएको छ । कुल सदस्य संख्या २ हजार ५ सय ६६ जना रहेको संस्थाको कुल पुँजी २० करोड ३५ लाख ९५ हजार ४ सय ३० रुपैयाँ रहेको छ भने कुल लगानी १५ करोड ५१ लाख ८४ हजार ८ सय २८ रुपैयाँ, कुल बचत १५ करोड १८ लाख ३४ हजार ५ सय २८ रुपैयाँ रहेको छ भने ७ प्रतिशत जगेडा कोष रहेको संस्थाका व्यवस्थापक फणाधर ढकालले जानकारी दिएका छन् ।

संस्थाले हाल सेवा केन्द्रको रुपमा सिसहनियाँ र गढवामा कारोवार गर्दै आइरहेकोमा यस वर्ष देखि सतवरियामा पनि सञ्चालन गर्ने तयारी गरेको संस्थाका व्यवस्थापक ढकालले बताएका छन् । यस्तै संस्थाले असोज ५ गते मुख्य कार्यालय लमहीमा हुने साधारणसभाको अन्तिम दिन मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे