बेलदमार मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु



बेलदमार मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु

दाङ ३ असार । दाङ लमही सडकखण्डको बेलदमारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका- नवलपुर बस्ने २२ वर्षीय श्रवण कुमार पुन र मोटरसाइकल पछाडी सवार घोराही उपमहानगरपालिका- ४ बस्ने २१ वर्षीय विनोद केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राम प्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् ।

लमहीबाट घोराहीतर्फ जाँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकलमा सवार उनीहरु आज बिहान करिब सवा सात बजे लमही नगरपालिका–६ बेलदमारमा दुर्घटनामा परेका थिए । मुख र टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनीहरुलाई प्रहरीले लमही अस्पतालमा उपचारका लागि पुर्याएको थियो । लमही अस्पताल पुर्याए लगत्तै चिकित्सकहरुले मृत्यु भएको पुष्टि गरेका थिए । अहिले मृतकहरुको शव लमही अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे