देउखुरीको मौरीघाटमा प्रहरी भ्यान र मोटरसाइकल ठोकियो, मोटरसाइकल चालक घाइते



देउखुरीको मौरीघाटमा प्रहरी भ्यान र मोटरसाइकल ठोकियो, मोटरसाइकल चालक घाइते

देउखुरी टुडेकर्मी, भालुवाङ १४ मंसिर ।

देउखुरीको मौरीघाटमा आइतबार बिहान इलाका प्रहरी कार्यालय भालुवाङको प्रहरी भ्यानमा मोटरसाइकलले ठोकिएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको रा २ प २७६२ नम्बरको मोटरसाइकले सोही दिशाबाट तर्फ लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई स्कटिङ्कका जाँदै गरेको इलाका प्रहरी कार्यालय भालुवाङको भ्यानमा राप्ती गाउँपालिका—४ मौरीघाट पेट्रोलपम्प नजिक ठोकिएको इप्रका भालुवाङका प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिएका छन् ।

उक्त दुर्घटनामा परी मोटरसाइकल चालक राप्ती गाउँपालिका—४ मौरीघाट निवासी अन्दाजी बर्ष ३३ का गोठेलाल चौधरी घाइते भएका छन् । उनको लमहीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल रिर्फर गरिएको भालुवाङ प्रहरीले जनाएको छ ।

हाम्रो प्रहरी भ्यान मुख्यमन्त्रीको स्कटिङ्कका लागि पश्चिम तर्फ जाँदै थियो, मोटरसाइकल पनि पूर्वबाट पश्चिम तर्फ जाँदै थियो, पेट्रोपम्प नजिक मोटरसाइकल पेट्रोलपम्पमा जान खोज्यो र एक्कासी हाम्रो प्रहरी भ्यानमा ठोकिन पुग्यो, प्रहरी निरीक्षक भट्टले देउखुरी टुडेलाई भने । मोटरसाइकल र प्रहरीभ्यानमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । तर स्थानीयबासीले भने प्रहरीभ्यानले नै मोटरसाइकललाई ठक्कर दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे