एमाले राप्तीको अधिवेसन भोली, सम्पूर्ण तयारी पुरा



एमाले राप्तीको अधिवेसन भोली, सम्पूर्ण तयारी पुरा

भालुवाङ ३ असाेज । नेकपा एमाले राप्ती गाउँपालिकाको दोस्रो गाउँ अधिवेसन शुक्रबार हुँदैछ ।

अधिवेसनको तयारी पुरा भएको र सहभागी हुन सबै पार्टीपंक्तिमा आह्वान गरिएको पालिका कमिटिका अध्यक्ष मदन अधिकारीले जानकारी दिएका छन् । शुक्रबार मध्यान्न १२ बजे राप्ती गाउँपालिकाको सभाहलमा अधिवेसन आयोजना गरिएको प्रदेश कमिटि सदस्य जगत पोख्रेलले जानकारी दिएका छन् । अधिवेसन उद्घाटन कार्यक्रममा सहभागी हुन नेकपा एमाले प्रति आस्था राख्ने आम सर्वसाधारण, संगठित सदस्य, नेता कार्यकर्ता, जनवर्गीय संगठनका प्रमुख लगायत सबैलाई सहभागी हुन आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे