LISTEN LIVE RADIO

खुल्ला अनलाइन गजल प्रतियोगितामा चितवनकी विद्या पौडेल : प्रथम



खुल्ला अनलाइन गजल प्रतियोगितामा चितवनकी विद्या पौडेल : प्रथम

विरेन्द्र गिरी, कपिलवस्तु २२ कार्तिक ।

हिन्दुहरूको चाडपर्वलाई लक्षित गरि जस्ट इन्ज्वाई समुहले आयोजना गरेको खुल्ला अनलाइन गजल प्रतियोगिताको शनिवार समापन गरिएको छ । गत असोज २९ गते बाट सुरु भएको जुमको माध्यमबाट सञ्चालित फाइनल गजल प्रतियोगीतामा चितवनकी विद्या पौडेल प्रथम, काठमाण्डौंकी सरिता आर्चाय दोस्रो, कञ्चनपुरका अम्बदत्त जोशी र दोलखाकी कुशुम घिमिरे सान्त्वना भएकी छिन् ।

विजेताहरु आ आफ्नो गजल समुहका सञ्चालकहरूलाई म्यासेन्जरमा उपलव्ध गराएर सहभागी भएका थिए । विभिन्न चरण पार गर्दै फाईनलमा पुगेका उत्कृष्ट ४ जना विजेता प्रतियोगीहरुलाई पुरस्कार र प्रमाण पत्रले सम्मान गरिएको थियो ।
समुहका संस्थापक अध्यक्ष दिपेन्द्रविक्रम अधिकारीको अध्यक्षता एवम् केन्द्रीय अध्यक्ष रमेश पोख्रेलको प्रमुख आतिथ्यता र नेत्रहिन युवा संघ नेपालका केन्द्रीय अध्यक्ष कलाधर भन्डारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा साहित्यकार गौतम पोख्रेल, बिबेक निसानी, नेत्रहिन युवा संघ झापाका अध्यक्ष चन्द्र भट्टराई, नेत्रहिन संघ चितवनका सचिव सागर चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगिताको निर्णायकको भुमिका चर्चित साहित्यकार एवम सर्जक प्रभाती किरण र मिना शाहीले निभाएका थिए । कार्यक्रमको सहजीकरण जयसागर गिरीले गरेका थिए । भने कार्यक्रमको सञ्चालन सुनिता ज्ञवाली र विनीता सोतारले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे