एमाले राप्तीको ७ नम्बर वडा सम्पर्क कार्यालय स्थापना



एमाले राप्तीको ७ नम्बर वडा सम्पर्क कार्यालय स्थापना

सिसहनियाँ ९ चैत । नेकपा एमाले राप्ती गाउँपालिकाकाे ७ नम्बर  वडा सम्पर्क कार्यलय आज बड्का सिसहनियामा स्थापना गरिएको छ ।

७ नम्बर वडा कमिटीका अध्यक्ष सिताराम चाैधरीको अध्यक्षता एवम् जिल्ला कमिटी सदस्य तथा क्षेत्र नम्बर १ क का इन्चार्ज नन्दकुमार चाैधरीको प्रमुख आतिथ्यता र जिल्ला कमिटी सदस्य, रामपति चाैधरीको विशिष्ट आतिथ्यतामा वडा सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

सो अवसरमा राप्ती गाउँपालिका सचिवालय सदस्य यमबहादुर चाैधरी, गाउँपालिका सदस्य माधवलाल चाैधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वडा सदस्य चन्दमणि पाेख्रेलको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन निमराज पाेख्रेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे