देउखुरीको काैडिया पुलमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु



देउखुरीको काैडिया पुलमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

भालुवाङ ९ चैत । दाङको देउखुरीमा मोटरसाईकल दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ ।

पूर्व- पश्चिम राजमार्गको लमही नगरपालिका वडा नम्बर १ कौडियामा लु ५ प ४९८१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भिर घाईते भएका छन् ।

मोटरसाईकल चालक लमही नगरपालिका ३ बस्ने ३१ बर्षका किसन चौधरीको उपचारको क्रममा लमही अस्पतालमा मृत्युभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

सोही मोटरसाईकको पछाडी सवार कपिलबस्तु जिल्ला त्रिपुरा नगरपालिका ८ का २८ बर्षिय विरेन्द्र यादब गम्भिर घाईते हुनुभएको छ । घाईते यादवको अहिले बुटवलमा उपचार भैरहेको छ । भालुबाङ बाट लमही तर्फ आउने क्रममा मोटरसाईकल मंगलबार राती दुर्घटनामा परेको हो

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे