LISTEN LIVE RADIO

दाङमा कोष तथा लेखा नियन्त्रक कार्यालयद्धारा डिजिटल भुक्तानी सेवा सुरु



दाङमा कोष तथा लेखा नियन्त्रक कार्यालयद्धारा डिजिटल भुक्तानी सेवा सुरु

दाङ २८ जेठ । कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले संघीय सरकार तथा प्रदेश सरकारको भुक्तानी डिजिटल प्रविधिबाट गर्न सुरु गरेको छ । यो कार्यले सेवाग्राहीलाई सहजता भएको छ भने लेखा प्रणालीलाई चुस्त राख्न सहयोग पुग्ने भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयमा कामका लागि कार्यालयसम्म आउनपर्ने बाध्यता हटेको कोष तथा लेखा नियन्त्रका कार्यालय दाङका सूचना अधिकारी अजुर्न कुमार डिसीले बताए । कार्यालयले कुनै पनि व्यक्ति, संस्था वा कार्यालयले पाउनुपर्ने रकम सम्बन्धित व्यक्ति, संस्था वा कार्यालयको खातामा सिधै रकम पठाउने गरेको उनले बताए । रकम पाउनुपर्ने व्यक्ति, संस्था वा कार्यालयले सम्बन्धित कार्यालयमा आवश्यक पर्ने कागजपत्र पेश गर्नुपर्ने उनले बताए ।

आर्थिक वर्ष २०७६/०७७ मा संघीय सरकारको र चालु आर्थिक वर्ष २०७७/०७८ बाट प्रदेश सरकारको भुक्तानी सुरु गरिएको छ । डिजिटल भुक्तानी प्रणालीले देशभरको आम्दानी खर्चको रिपोर्टिङमा सहजता ल्याउने पूर्व उपसचिव हरिप्रसाद पाण्डेले बताए । डिजिटलबाट भुक्तानी केन्द्रीय लेखा प्रणालीमा जोडिने हुँदा दैनिकरुपमा आम्दानी खर्चको यथार्थ जानकारी लिन सकिने उनले बताए ।

डिजिटल भुक्तानीले जिल्लामा दैनिक कति आम्दानी, खर्च भयो भनेर जानकारी लिन सकिने छ । डिजिटल भुक्तानी नहुँदा सबै आम्दानी खर्च निकाल्न समस्या हुने गरेको उनले बताए ।

पछिल्लो समयमा आएर यस प्रणालीबाट भुक्तानी गर्न सुरु गरिएको उहाँको भनाइ छ । त्यसैगरेर नयाँ आर्थिक वर्ष साउन १ गतेबाट सुरु गर्ने प्रचलनलाई वैशाख १ गतेदेखि गरिनुपर्ने बताए । वैशाखबाट नयाँ आर्थिक वर्ष सुरु भएमा असारे विकास गर्ने कार्य रोकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे