तुलसीपुरमा आज थप १४ जनामा कोरोना संक्रमण



तुलसीपुरमा आज थप १४ जनामा कोरोना संक्रमण

दाङ, २३ असोज।

तुलसीपुरमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको आशंकामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिकमा स्वाब दिएकाको रिर्पोट पोजेटीभ देखिएको हो ।

त्यसैगरी वडा नम्बर ६ का ४ जनामा, ४३ बर्षिय महिला २१, २३ र ३५ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको कोरोना फोकल पर्सन केसीले जानकारी दिए ।

यस्तै वडा नम्बर १५ का २७ बर्षिय एक पुरुष, वडा नम्बर १८ का ४ जना २२ बर्षिय महिला र २१, ३४ र ३५ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको छ । वडा नम्बर १९ का ३६ बर्षिय एक पुरुष संक्रमित भएका छन् ।

यससंगै तुलसीपुरमा कोराना संक्रमितको संख्या ३ सय २ पुगेको छ भने संक्रिय संक्रमितको संख्या ९४ रहेको फोकल पसर्न केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे